Connect with us
Kapilvast Forest

प्रदेश-२ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत

२०७८, ११ पुष आईतवारमा प्रकाशित

जनकपुरधाम। प्रदेश २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत भएको छ । आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा बहुमत सांसदले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृति दिएको हो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमत सांसदले स्वीकृति दिएका हुन् ।

यसअघि यो विधेयकलाई अस्वीकृत गर्न विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदले प्रस्ताव पेश गरेका थिए । तर, यो प्रस्ताव अस्वीकृत भयो ।

यसअघि ८ पुसमा बसेको प्रदेश सभा बैठकमा कृषि विश्वविद्यालय सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । राजविराजमा कृषि र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न केहि दिनअघि प्रदेश सरकारले अध्यादेश ल्याएको थियो ।

राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ भने बीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu