Connect with us
Kapilvast Forest

कपिलवस्तुमा माघी महोत्सवकाे तयारी

२०७८, १२ पुष सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

राम अवतार चाैधरी, कपिलवस्तु-थारु समुदायमा हर्षउल्लासका साथ मनाइने माघी पर्वलाई भव्य रुपमा मनाउने गरि कपिलवस्तुमा माघी (खिचडी) महाेत्सवकाे तयारी भइरहेको छ । थारु समुदायको संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विगतका जस्तै यस बर्ष पनि शिवराज, बुद्धभुमि र बाणगंगा नगरपालिकामा माघी महोत्सव हुने तयारी भइरहेको थारु कल्याणकारीणी सभा कपिलवस्तुले जनाएको छ ।

माघ महिनामा मनाउने माघी पर्वलाई थारु जातिले नयाँ बर्षकाे रुपमा मनाउँदै आएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल यस थारु समुदायले महान पर्व माघीलाई निरन्तरता दिँदै कपिलवस्तुका विभिन्न स्थानमा पर्वलाई भव्य रुपमा मनाउने तयारी गरिरहेकाे छ । विगत केही बर्ष काेभिडले प्रभावित भएकाे महाेत्सव यस बर्ष पुनः निरन्तरता पाउने भएकाे समेत थाकसका जिल्ला सभापति उमाशंकर थारुले जानकारी दिए ।

थारु बाहुल्य रहेकाे जिल्लाकाे ३ नगरपालिकामा महाेत्सव लगाउने तयारी चलिरहेको देखिन्छ । शिवराज नगरपालिकामा पुस ३० र माघ १ करहिया, बुद्धभुमिमा नगरपालिकामा पुस २८, २९ र ३० गते चाैवन्न र बाणगंगा नगरपालिकामा माघ २,३ र ४ गते कपिलधाममा महाेत्सव आयाेजना गरि भव्य माघी मनाउने तयारी भइरहेको थाकस जिल्ला सभापति थारुले बताए ।

शिवराज नगरपालिका, बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकामा नगरस्तरिय माघी खिचडी महाेत्सव सफल पार्न तीन वटै नगरमा क्रमशः इन्द्रबहादुर थारु, सन्तराम थारु र भग्गुप्रसाद थारुकाे संयाेजकत्वमा १०१ मुल आयाेजक समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी माघी पर्वको पूर्वसन्ध्यमा बाणगंगा खिचडी महाेत्सवमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको आयोेजना समेत गरिने महाेत्सवकाे मिडिया संयाेजक कमल चाैधरी बताए । महोत्सवमा यस बर्ष बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिने बाणगंगा महाेत्सवका संयाेजक भग्गु प्रसाद थारुले जनाए ।

तीन वटै पालिकाकाे महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामाग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने समितिका थाकस जिल्ला सचिव जगतदेब थारुले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu