Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु

२०७८, १२ पुष सोमबारमा प्रकाशित

accident

कपिलवस्तु-कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ स्थित सडकमा युपि ५५ के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अहिरको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu