Connect with us
Kapilvast Forest

अपाङ्गता भएकाहरुलाई रोजगारी दिन सके सपाङ्ग सरह कार्य गर्न सक्षम हुने प्रदेश सासंद पन्थीको विश्वास

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

 

 

कपिलवस्तु-फाउण्ड परियोजना बुटवल कलस्टरले बार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘रोजगारी विहिन अपाङ्गता भएका व्यक्तिहरुका लागी उर्जाशिल अवस भन्न्ने मुल नारालाई आत्मासात गर्दै भएको कार्यक्रम कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं.२ गारुसिङ्गेमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले रोजगारीका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई पुराउन सबैको पहल आवश्यक रहेको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैलीलाई सहज बनाउन आफुले विगतदेखि नै पहल गरेको र आगामी दिनमा पनि उनीहरुको सुख, दुःखमा साथ रहने उनले प्रतिवद्धता व्यक्त गरे । समाजलाई अपाङ्गता मैत्री बनाउन समाजका सबै सम्बन्धित निकाय लागे अपाङ्गता भएकाहरुका लागी सहज बातावरणको सिर्जना हुने उनले दाबी गरे । अपाङ्गता भएकाहरुलाई रोजगारीको प्राथमिकता दिन सके सपाङ्ग सरह कार्य गर्न उनीहरु सक्षम हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा कार्यक्रम संयोजक रामदयाल यादवले विशेष गरि फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुले सामाना गर्नु परेका समस्या तथा भेदभावलाई न्युनीकरण गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु (१८—४५ बर्ष उमेर समूह) लाई आत्मानिरर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताए । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो जीवन शैलीमा आईपरेका कठिनाई तथा सहजताका लागी परियोजनाले खेल्नु पर्ने भूमिकाको बारेमा जोड दिएका थिए । जिल्लका सबै पालिकाका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन ढाकाराम अधिकारीले गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu