Connect with us
Kapilvast Forest

रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना: ५ जनाको मृत्यु

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

रौतहट- रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

रौतहटको गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको जीप आज मंगलबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जीप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा मृत्यु हुने सवै ५ जनाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन । मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुने ५ जना नै भारतीय नागरिक हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जन्ती बोकेर गएको उक्त दुर्घटनाग्रस्त जीपमा ७ जना सवार रहेको प्रहरीले बताएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu