Connect with us
Kapilvast Forest

बसपार्कमा सामूहिक बलात्कार : ९ जना आरोपी सार्वजनिक

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

पक्राउ परेका आरोपीहरू। तस्बिर : प्रहरी

काठमाडौं-पक्राउ परेका आरोपीहरू। तस्बिर : प्रहरीपक्राउ परेका आरोपीहरू। तस्बिर : प्रहरीislington below news photo
Tata box 1nmb box ad 2jagdamba cement
काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन्।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए।

सोमबार सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।मैनालीका अनुसार सोमबार साँझदेखि मंगलबार बिहानसम्म ती महिलालाई बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार गरिएको थियो।

महिलाले प्रहरीमा खबर गरेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा सिसिटिभी फुटेजबाट हुलिया पहिचान गरी पक्राउ गरिएको मैनालीले बताए।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको छ। पक्राउ परेकाहरूलाई जबरजस्ती करणी मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको मैनालीले बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu