Connect with us
Kapilvast Forest

मिष्टर नेपाल एसिया चितवनका बिशाल

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

चितवन- मिष्टर नेपाल एसिया सिजन ३ को उपाधि चितवनका बिशाल परियारले जितेका छन । बुधवार साझ ६० जनालाइ पछाडी पादै बिशालले उपाधि सहित मिष्टर एसिया २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन । १९ बर्षका बिशाल अहिले स्नातक पहिलो बर्षको विद्यार्थी हुन । मोडलिङ्ग र नृत्यमा रुचि राख्ने बिशाल अहिले अन्तराष्ट्रिय प्रतियोगितामा आफुलाइ प्रस्तुत गर्ने तयारी सहित जिम्मेवारी थपिएको बताएका छन । प्रतियोगितामा म्यान अफ नेपाल प्युठानका सन्जित जिसि, मिष्टर नेशनल नेपालको उपाधिका कञ्चनपुरका रमित कार्कि भएका छन । प्रतियोगितामा मिष्टर ट्यालेण्टको उपाधि सञ्जितले जितेका हुन । ६ महिना अघि वाट सुरु भएको प्रतियोगितामा १ सय २० जनाले अडिसन दिएका र उनिहरु बट ६० जना छनोटमा परेको आयोजक बिशाल आले मगरले बताउनु भयो । विभिन्न चरण पछि प्रतियोगितामा चितवन, कञ्चनपुर , रुपन्देही , नवलपरासी र प्युठानका ५ युवा उत्कृष्ट ५ मा परेका थिए । अन्तिम प्रतियोगितामा बैकर बिन्दु सिंजाली, मिडिया पर्सनालिटी अशोक परियार, फेशन डिजाइनर मुना राना, युवा व्यवसायी अनिल अधिकारी निर्णायक रहेका थिए । राप्ती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शमशेर लामा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चितवन स्कुल अफ फेशन , नेभारा फेशन डिजाइनिङ्ग इन्ष्च्यिुट , बिशाल स्कुल अफ फेशनको डिजाइनमा मोडलहरुले वाक गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu