Connect with us
Kapilvast Forest

दुनाटपरीले फर्‍याे महिलाकाे दैनिकी

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

राम अवतार चाैधरी ,कपिलवस्तु- आधुनिक युगसँगै मानिस परिवर्तन हुनु मानवीय स्वाभाव पनि हाे । मानव ज्वलन्त उदाहरण दिनकाे लागि भए पनि आफ्नो हरेक गतिविधि सक्रियताका साथ निरन्तरता दिइरहेकाे हुन्छ । धारा प्रवाह गर्दै गर्दा कतिपय कार्यलाई विश्राम दिन पुग्न्छि । कतिपय बाध्यता हुन्छ त कयौं रहर समेत नभएकाे भन्न सकिँदैन् । नेपाल एक प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाे देश मानिन्छ । हरेक नागरिक स्थानीय स्राेत साधन प्रयाेग गरेर आम्दानीकाे माध्यम बनाइ राेजगारी प्राप्त गर्न जरुरी छ र बनाउनुपर्छ ।

पछिल्लो समय बजारमा प्लास्टिक व्यवसाय फस्टाउँदै जाँदा भर्लाे र सालकाे पातले बनाएकाे दुनाटपरीकाे बजार लाेप हुँदै गएकाे छ । तर प्लास्टिक भन्दा कयौं गुणा उत्तम हुनेगर्छ पातले बनाएकाे दुनाटपरी । जसले वातावरण पनि प्रदुषण हुँदैन, कुहाएर प्राङ्गारिक मल समेत बनाउन एकदमै उपयोगी हुने गर्दछ । दुनाटपरीकाे व्यवसायले कसैको जीवन गुजार चलिरहेकाे सर्वविधित नै छ । सरकारले प्लास्टिकजन्य सामाग्रीकाे प्रतिबन्ध गर्ने व्यवस्था ल्याउने तयारी गरे पनि व्यवहारमा लागू भने भएको छैन् ।

कपिलवस्तुकाे पश्चिमी वा विकट क्षेत्र भनेर चिनिने विजयनगर गाउँपालिका त्यसमा पनि जिल्लाकाे मुख्य बजार मानिने चन्द्राैटा बजार देखि करिब ४० किलोमिटर पश्चिम छिमेकी देश भारतसँग जाेडिएकाे सिमानामा घना जङ्गल पार गरेपछि पुगिन्छ जवाबैराठ ।

त्यहाँका स्थानीय बासी प्रायः एकाबिहानै उठछन् र घरवरिपरी रहेकाे जङ्गल प्रवेश गर्छ । जवाबैराठ बासी एकाबिहानै किन जङ्गल प्रवेश गर्छन् भन्ने प्रश्नले काैतुहुलता हुन्छहाेला ? कि कतै तिनीहरु जङ्गली भएर त बाँचिरहेका छैनन् ? लगायत विभिन्न जिज्ञासा खुल्दुली समेत हुन सक्छ तर त्यहाँकाे वास्तविकता अलि भिन्न छ । विजयनगर गाउँपालिकाकाे वडा नं.१, मा पर्दछ जवाबैराठ ।

स्थानीयले जङ्गल पसेर एकछाक खाई नखाई पात टिपेर घरमा ल्याउँछन् । आम्दानीको मुख्य स्राेत बनाएका दुनाटपरी बनाउन अब्बल स्थानीय बासी पनि एक हुन् सविता थारु । उनी सहित उनका घर परिवार जसले दुनाटपरी बनाएर व्यवसाय गर्दै दुई दशक बिताइसकेका छन् । उनीसहित परिवार घरकाे काम सकाएर जङ्गलबाट ल्याएकाे पातले दुनाटपरी बनाउने गर्छन् । उनकाे दिनचर्या लगातार घर भान्सा लगायतका काम सकाएपछि दुनापरीमै बित्ने गर्दछ । प्रतिदिन लगभग ३ सय थान दुनाटपरी बनाउने गरेकाे सविताले जनाइन् ।

साे दुनाटपरी बनाए बापत ६० रुपैया आम्दानी हुने गरेकाे थारुले बताइन् । उनले भनिन् ; “एक साता सम्म बनाउँछाैँ त्यसपछि बिक्रीगर्न कृष्णनगर बजार जानुपर्छ” । थारुका अनुसार एक हप्ता सम्म लगातार दुनाटपरी बनाउने त्यसपछि कृष्णनगर बजार लगायत भारतका विभिन्न बजारमा बिक्री गर्न जाने गरेकाे बताइन्छ । कुनै बेला व्यापारीले घरबाटै बजार लैजाने गरेकाे बताउँदै पुजा वर्तबन्धमा समेत सर्वसाधारणले लग्ने गरेकाे उनकाे भनाई छ । यस्तै अर्का स्थानीय बासी दरबारी थारु पनि साेही व्यवसाय गरी जवाबैराठमै बसाेबास गर्दै लामाे समय पार गरेका बताउँछन् ।

पूर्वजले समेत दुनाटपरी व्यवसाय गर्दै आएका थिए अहिले आफूले त्यहि पेशा अंगाले उनले बताए । उनी पनि खेतीपाती देखि लिएर घरकाे काम सम्म भएर मात्र यस काममा लाग्ने गरेकाे जनाए । बजार एरियाभन्दा भित्र रहेकाेले राेजगारीकाे लागि टाढा जानुपर्ने बाध्यता रहेकाे बताउँदै साे पेशा अनुसरण गरेकाे थारुले जिकिर गरे । आफूले यस व्यवसायबाट सन्तुष्टि नभए पनि आम्दानीको स्राेत नै स्थानीय स्राेतसाधन भएकाे जनाए । दिनानुदिन प्लास्टिक व्यवसायले बजार ओगटदै गएकाेले दुनाटपरी विस्थापित भएकाेमा दुखेसो पाेख्दै उनले भने ; “स्थानीय सरकारले यसकाे बजारीकरण गरिदिए आफूलाई जीविकोपार्जन गर्न सहज हुने थियाे” ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu