Connect with us
Kapilvast Forest

बर्नलेमाथि जित निकाल्दै म्यानचेष्टर छैटौं स्थानमा

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

एजेन्सी-इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध म्यानचेष्टर युनाइटेडले ३–१ गोलको जित निकालेको छ। बिहीबार राति ओल्ड ट्राफोडमा भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो।

स्कट टोमिनियाले आठौं मिनेटमा गोल गर्दै म्यानचेष्टरलाई अग्रता दिलाएका थिए। २७ औं मिनेटमा बर्नलेले आत्मघाती गोल गरेपछि म्यानचेष्टरको अग्रता दोब्बर भयो। ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई ३–० को अवस्थामा पुर्‍याए।

३८ औं मिनेटमा बर्नलेका लेननले गोल फर्काए। तर, दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि म्यानचेष्टले खेल ३–१ ले जितेको हो। जितसँगै म्यानचेष्टर युनाइटेड तालिकको छैटौं स्थानमा उक्लिएको छ। उसले १८ खेलबाट ३१ अंक जोडेको छ । १८ औं स्थानमा रहेको बर्नलेको ११ अंक मात्रै छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu