Connect with us
Kapilvast Forest

काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने

२०७८, १७ पुष शनिबारमा प्रकाशित

काठमाडौं- काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।

केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम घमाइलो हुनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उहाँले बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा भने हल्का हिमपातको सम्भावना छ । हिमपातका कारण अधिकतम तापक्रम घट्दा चिसो बढेको छ ।

केहीदिन निरन्तर घाम लागे पनि बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu