Connect with us
Kapilvast Forest

यी हुन् एमाले अध्यक्ष पदका बलियो उम्मेदवार

२०७८, १७ पुष शनिबारमा प्रकाशित

सनिउल्ला धोबी
न्युज सेन्टर नेपाल- नेकपा एमालेको पुष २३ गते हुने जिल्ला अधिवेशनमा कपिलवस्तु जिल्ला अध्यक्ष पदको लागि ३ जनाको नाम चर्चामा रहेको छ । एमाले नेता नेत्रराज अधिकारी, डम्बर शर्मा, बाबुराम खनाल जिल्ला अध्यक्ष हुने दौडहामा रहेका छन ।

तिनै जना मध्ये कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी बलियो दाबेदारको रुपमा देखीएका छन । शर्मा र खनालले समय समयमा विभिन्न पदमा रही पार्टीको नेतृत्व गरेकाले अबको जिल्ला अध्यक्षको जिम्मेवारी अधिकारीले पाउनु पर्ने आम कार्यकर्ताहरुको समेत माग रहेको छ ।

स्वच्छ छबी भएका अधिकारी विगत ३० बर्ष देखी एमालेमा रही पार्टीले दिएको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्दै आउनु भएको छ । जिल्ला अध्यक्ष पदमा अन्य उम्मेदवार भन्दा बढी लोकप्रीय र इमन्दर भएकोले अधिकारी नै जिल्ला अध्यक्ष हुनु पर्ने अधिकांस कार्यकर्ताहरुले माग गरेका छन् ।

न्युज सेन्टर नेपालसगं कुराकानी गर्दै जिल्ला अध्यक्ष पदका बलियो दाबेदार नेत्रराज अधिकारीले एमालेको संगठन मजबुत बनाउन जिल्ला अध्यक्ष पदमा उम्मेदवारी रहने बताउनु भएको छ । दक्षिण तर्फ एमालेको संगठन विस्तार तथा एमालेको भिजन नागरिकलाई बुझाउन आफुले जिल्ला अध्यक्ष पदको नेतृत्व लिन चाहेको बताउनुभयो ।

एमालेलाई राम्रो गतीमा लैजना आफुले कुनै कसर बाकी नराँख्ने भन्दै उम्मेदवारी दिने अधिकारीले बताउनु भयो । अहिलेसम्म एमालेको नेतृत्व जिल्लाको पुर्व मात्र सिमित रहेकोले यस पटक नेतृत्व पश्चिम ल्याउने अधिकारीले बताउनु भयो ।

कुनै पनि हालतमा आफुले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने अधिकारीले बताउनु भयो । जिल्लामा आफु बलियो भएकोले आफ्नो जित सुनिश्चित रहेको अधिकारीको भनाई रहेको छ ।

नेत्रराज अधिकारीको राजनितिक इतिहासः

नेत्रराज अधिकारीे विस. २०४७ साल देखी तत्कालिन मालेको पार्टी सदस्यता लिनु भएको थियो । सदस्यता लिएको लामो समयसम्म काम गरेपछी २०५४ सालमा भएको स्थानिय तहको निर्वाचनबाट एमालेबाट कपिलवस्तुको शिवपुर गाविस अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

अधिकारीले करिब १५ बर्ष जिल्ला कमिटि सदस्य भई काम गर्नु भएको हो । अधिकारीले १२ बर्ष भन्दा बढी जिल्ला सचिवालय सदस्य पदमा रही काम गर्दै आउनु भएको छ ।

गाँउ, इलाका र क्षेत्रीय इन्चार्जको भुमिका निर्वाह गरेका अधिकारी २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नु भएको थियो । त्यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कम मतअन्तरले पराजित हुनु परेको थियो ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा जिल्लाको शिवराज नगरपालिकाको नगर प्रमुखमा विजयी हुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu