Connect with us
Kapilvast Forest

नयाँ वर्षको अवसरमा १२ हजार बढीले लुम्बिनी भ्रमण गरे

२०७८, १८ पुष आईतवारमा प्रकाशित

 

लुम्बिनी -लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन आउनेको घुइँचो लागेको छ । शनिबार लुम्बिनीको मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो ।

शनिबार मात्रै १२ हजारभन्दा बढी पर्यटकले मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताउनु भयो  । मन्दिर प्रवेशमा भीडका कारण केही पयर्टक बाहिरफेर घुमेर फर्किएको उहाँले सुनाउनु भयो  । कठ्याग्रिँदो चिसो भए पनि शनिबार बिहानदेखि अबर रातीसम्मै घुम्नेको भीड थियो । ‘चिसोले निकै सकस भएको थियो,’ दाङबाट आएका राजेन्द्र भुसालले भन्नु भयो , ‘तर, यहाँको वातावरणले दुःखकष्ट सबै भुलायो ।’

मायादेवी मन्दिर प्रवेशमा कोषले शुल्क लिए पनि गेटमा न सेनिटाइजर थियो, न त ज्वरो नाप्ने व्यवस्था नै । ‘नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेकाले सतर्कता अपनाउनुपर्ने हो,’ पथ प्रदर्शक प्रह्लाद यादवले भन्नु भयो । घुम्न आउनेको चापले व्यापार राम्रो भएको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले बताउनु भयो  ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu