Connect with us
Kapilvast Forest

नकर्मीले पदभार ग्रहण गरे

२०७८, १९ पुष सोमबारमा प्रकाशित

प्यार अलि खान ,प्यूठान -प्यूठान उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पशुपति नारायण नकर्मीले पदभार ग्रहण गरेका छन्। सोमबार खलंगा स्थित संघको सभाहलमा आयोजित ११ औं कार्यसमितिद्वारा १२ औं कार्यसमितिलाई पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा नकर्मी नेतृत्वको टिमलाई संघका निवर्तमान अध्यक्ष केदारमान कक्षपतिले पदभार हस्तान्तरण गरेका छन्।

संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै संस्थागत हितका लागि पवित्र उद्देश्यका साथ लाग्न आग्रह गरे। संघका निवर्तमान अध्यक्ष केदारमान कक्षपतिले उद्योगी व्यवसायीहरुको हक हित तथा अधिकारको रक्षाको लागि संघ सदैव क्रियाशील तथा प्रतिबद्ध हुनेगरी लाग्न सुझाए। पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले प्युठानमा पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिने सम्भावना रहेकाले यस्को प्रवर्धनमा स्थानीय सरकारसंग सहकार्य तथा समन्वय गरि आर्थिक विकासका लागि संघले पहलकदमी गर्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष नकर्मीले प्यूठानको आर्थिक विकासमा टेवा पुर्याउने गरी आफू नेतृत्वको कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा संघले संचालन गरेका गतिविधिहरुमा नजिक देखि समन्वय गर्दै आएको बताउँदै नेपाल पत्रकार महासंघ प्यूठान शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ।

पुस १० गते सम्पन्न संघको ११ औं अधिवेशनबाट अध्यक्षमा पशुपति नारायण नकर्मी, वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेल, वाणिज्य उपाध्यक्ष रेशम केसी, उद्योग उपाध्यक्ष दधिराम भण्डारी, महासचिव सन्देश आचार्य, उपमहासचिव गोविन्दराज पोखरेल तथा कोषाध्यक्षमा झबिन्द्र शर्मा निर्वाचित भएका थिए। संघ अन्तर्गत रहेका ९ वटा बजार क्षेत्रमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu