Connect with us
Kapilvast Forest

अपडेट : चिचिला गाउँपालिकाको टोलीमा अमेरिका नजाने दुई आयोगका पदाधिकारीको घोषणा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय महिला आयोगका सदस्य कृष्णाकुमारी खतिवडाले चिचिला गाउँपालिकाको टोलीबाट अमेरिका नजाने निर्णय गरेका छन् ।

 

गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले किर्ते कागज बनाएर अमेरिका लैजान लागेको खुलासा भएसँगै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।संखुवासभाको चिचिला गाउँपालिकाका शेर्पाले संवैधानिक आयोगका दुई पदाधिकारीसमेत ९ सदस्यीय टोली लिएर अमेरिका जाने तयारी गरेका छन् ।

अमेरिकाको स्मार्ट सिटीको अध्ययन भ्रमणमा भ्रमणमा जाने भन्दै प्रक्रिया अगाडि बढाइएपछि यसको आर्थिक स्रोतबारे प्रश्न उठेको थियो । नेपाल प्रेसले गरेको खोजबिनमा गाउँपालिकाले सबै खर्च व्यहार्ने भनेर नक्कली माइन्युट बनाइएको खुलासा भएको छ ।

 

मिडियामार्फत यो विषय विवादित भइसकेपछि आफु नजाने निर्णयमा पुगेको दलित आयोगका अध्यक्ष विश्वकर्माले   बताए ।उनले भने, ‘संघीय मामिला मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रस्ताव गएको थियो । स्वीकृत भइसकेको थिएन । विवादित भएपछि अब म जान्नन भनेर गाउँपालिका अध्यक्षलाई भनिसकेँ ।’

यस्तै महिला आयोगकी सदस्य पौडेलले प्रक्रियामा पुगेका प्रमाण नै सार्वजनिक भएपछि आफु अमेरिका जाने निर्णयबाट पछि हटेको  बताइन् ।

उनले भनिन्, ‘यस सम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गइसकेको छ । तर यो विषय विवादित भएपछि सम्भवतः यो प्रस्ताव नै मन्त्रिपरिदमा जाँदैन होला । गइहाले पनि विवादित विषयमा मन्त्रिपरिषदले निर्णय गर्दैन होला । यदि मन्त्रिपरिषद बैठकले जानका लागि स्विकृती नै दिए पनि म चाहिँ जान्न ।’

राष्ट्रिय दलित आयोग र राष्ट्रिय महिला आयोगले निर्णय नै गरेर गाउँपालिकाको खर्चमा अध्यक्ष र सदस्यलाई अध्ययन भ्रमणका लागि अमेरिका पठाउने निर्णय गरेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu