Connect with us
Kapilvast Forest

पोर्चुगल पठाउने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

२०७८, २१ पुष बुधबारमा प्रकाशित

pakrauu

 

काठमाडौँ– पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौँ मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका ६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका १ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् ।

वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनी प्रलोभनमा पारी ४ जनालाई ठगेको प्रहरीले जनाएको छ। पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu