Connect with us
Kapilvast Forest

संस्कृतिकाे विकासमा लाग्नेहरूलाई मेराे साथ रहन्छ : अध्यक्ष ओली

२०७८, २१ पुष बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे सभ्यता, इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताउनुभयाे ।

‘संस्कृति बचाऊ’ अभियन्ताहरूसँग आज बुधवार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले देशका पूर्वजहरूसँग अरू कसैकाे तुलना हुन नसक्ने बताउनुभयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरूले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिनुभयो ।

अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले गुरुत्वाकर्षणकाे सिद्धान्त न्युटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गर्नुभयो । उहाँले अष्टवक्रजस्ता दार्शनिकहरूकाे चर्चा हुन नसकेको पनि भन्नुभयो ।

अध्यक्ष ओलीले थप्नुभयो, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गइहाल्छ । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाकाे एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरू एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरूलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यस कारण हाम्रो ज्ञान चाहिँ पछाडि पर्‍याे । उनीहरूको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्युटनले गुरुत्वाकर्षणकाे सिद्धान्त पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । पहिलाे दार्शनिक को थिए ? भन्दा शुकरात । शुकरातभन्दा हजारौँ वर्ष अगाडि अष्टवक्रजस्ता दार्शनिककाे कुरै छैन । त्यस कारण यो ज्ञानभूमि हो, हाम्रा पूर्वजहरूले एकदम ठिक भनेका छन्– यो ज्ञानभूमि हो, पुण्यभूमि हो, देवभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरूको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौँ । त्यसलाई जोगाउनुपर्छ ।’

अध्यक्ष ओलीले हाम्रो संस्कृतिले हामीलाई विषरहित भान्साको उपहार दिएको पनि बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu