Connect with us
Kapilvast Forest

सुकुम्बासी आयोगले दिएको जग्गा बिक्री गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

aktiaara

 

 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्री कर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा २५ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था भएकामा मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा जग्गाधनी श्रेस्तामा २५ वर्षलाई काटी १५ वर्ष बनाई जग्गा बिक्री गरेको पाइएको थियो । मालपोतको श्रेस्ता सच्याउन कर्मचारीले ३५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ छ ।

 

यो घटनामा जग्गा बिक्री गर्ने चन्द्रबहादुर सुनार र जग्गा खरिद गर्ने भक्तबहादुर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिनु भयो । त्यस्तै सो जग्गा दृष्टिबन्धक पारित गरी लिने भक्तबहादुर थापाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालयका कर्मचारी राधेश्याम झा, उदयसिंह रावल र शम्भुप्रसाद अधिकारीले ३५ हजार रुपैयाँ घुस लिएर मालपोतको श्रेस्तामा रहेको २५ वर्षसम्म बिक्री गर्न नपाइने प्रबन्धलाई सच्याई १५ वर्ष बनाएर जग्गा खरिद बिक्री गर्न सहज बनाइदिएको अख्तियारको भनाइ छ । यी तीन कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu