Connect with us
Kapilvast Forest

देश ढाक्दै पश्चिमी वायु, बढ्दै वर्षा र हिमपात

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

काठमाडौं-हाल देशमा पश्चिमी वायुको प्रभाव छ भने अहिले बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्य (धेरैजसो आकाशमा बादल, थोरै खाली) देखि पूर्णताया (पूरै आकाशमा बादल) र देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ।

महाशाखाको बुलेटिनअनुसार आज राति (साँझ ६ बजेदेखि भाेलि बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्नसक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुनसमेत अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले गत मंगलबार विशेष बुलेटिन जारी गरेर वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी वायु) नेपाल प्रवेश गर्दै गरेको जानकारी दिएको थियो। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबारसम्म देशभर फैलिने जानकारी दिएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu