Connect with us
Kapilvast Forest

दुई वर्षजनयुद्धकै जस्तो लुकेर हिँड्नुप¥यो, संयोगले वार्ता भयो : महासचिव विप्लव

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्ताहरु तितरवितर भएपछि एउटै घरभित्र पार्टीहरुको मोर्चा बन्ने अवस्था आएको बताउनु भएको छ ।

बिहीबार नेकपाका केन्द्रीय सदस्य तथा पार्टी स्कुलिङ विभागका प्रमुख भेषराज भुषालका बुबा निलकण्ठ भुषालको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित श्रद्धाञ्जली सभामा विप्लवले यसबारे ठट्टा गर्नु भएको थियो ।

‘दुई वर्ष त हामी जनयुद्धकै जस्तो लुकेर हिँड्नुप¥यो,’ उहाँले भन्नु भयो संयोगले वार्ता भयो र तीन बुँदे भएर हामी अहिले यहाँ आइपुगेका छौं । लक्ष्मी बहिनी कहाँ हुनुहुन्छ, मलाई थाहा पनि थिएन । (हाँस्दै)उहाँ त एकीकृत समाजवादीतिर हुनुहुन्छ भन्ने थाहा पाइयो । भाइ पनि माओवादी केन्द्रको कोषाध्यक्ष बन्नु भएको भन्ने कुरा आयो ।’

विप्लवले एउटै परिवारका सदस्य विभिन्न पार्टीमा लागेपछि रमाइलो जस्तो र अनौंठो जस्तो लागेको पनि बताए। ‘सुन्दा रमाइलो जस्तो पनि, एउटा अनौठो जस्तो पनि,’ उहाँले भन्नु भयो ‘कहाँ पुग्या छ, कहाँ पुग्या छ जस्तो । हेर्दा हेर्दै त एउटै घरभित्र पार्टीहरुको संयुक्त मोर्चा होला जस्तो पनि भयो (लामो हाँसो) ।’

उहाँले ठट्टा गर्दै भन्नु भयो , ‘एउटा उद्घोषक हुनुपर्ने, एउटा सभापति हुनुपर्ने, एउटा प्रमुख अतिथि हुनुपर्ने । भाषण भुषण गर्नुपर्ने । एकले अर्काको कुरा भन्नु पर्ने स्थिति हुन थालिसक्यो ।’

आन्दोलनमा यस्तो हुने बताउँदै विप्लवले एउटै पार्टी बनाउने प्रस्ताव पनि आइरहेको बताउनु भयो । ‘यो हुन्छ, केही समय यस्तो हुन्छ,’ उहाँले भन्नु भयो ‘यस्सो हेर्दा यो दुःखद कुरा पनि हो । अस्ती हाम्रो एकीकृत समाजवादीको कमरेडले पनि भन्दै हुनुहुन्थ्यो कसरी हुन्छ एक ठाउँमा आउनुपर्‍यो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu