Connect with us
Kapilvast Forest

दाङ प्रहरीद्वारा बाघको छालासहित लमहीबाट ४ जना पक्राउ

२०७८, २४ पुष शनिबारमा प्रकाशित

सागर थापा-दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ बस्ने वर्ष २८ का आशा कुमार चौधरी रहेका छन ।
प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ बाट ती चार जनालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापा बिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो । सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालयदाङ र वडा प्रहरी लमहीले उनिहरुलाई नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनिहरूलाई डिभिजन वन कार्यालय लमहीलाई बुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu