Connect with us
Kapilvast Forest

७७ वर्षीया वृद्धा बलात्कारको घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

२०७८, २५ पुष आईतवारमा प्रकाशित

pakrau

कैलाली – कैलालीमा ७७ वर्षीया एक वृद्धा बलात्कारको घटना आपसी मिलापत्रमा गुपचुप राख्न खोज्ने वडा सदस्यसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक, पूर्व कर्मचारी तथा वडा सदस्यहरू छन् ।

घोडाघोडी ४ का पूर्व वडासचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुबेदी , वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनु भयो ।

मंसिर १५ गते सोही ठाउँकी बृद्धालाई वर्ष ३० का सुवेदीले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेको र पुरै रकम नपाएपछि घटना बाहिर आएको डिएसपी जोशीले बताउनु भयो ।

‘३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो,’ उह्ाँले भन्नु भयो , ‘हामी हामीले घटनामा जोडिएका सबैलाई पक्राउ गरिरहेका छौं ।’

मंसिर १५ गते घटना भएपछि पुस १२ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको थियो । बलात्कार गर्ने सुबेदीलाई जबरजस्ती करणी मुद्दामा र अन्य लाई घटना लुकाएको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu