Connect with us
Kapilvast Forest

अपाङ्गता अभिमखीकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम सम्पन्न

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 अंशु ढकाल,कपिलवस्तु अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होइन अधिकार सहितको अवसरको खाँचो छ भन्ने मुल नाराका साथ अपाङ्गता अभिमुखीकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

लुम्बिनी अपाङगता विकास केन्द्रको आयोजना र शुद्धोधन गाउँपालिका वडा नं. ४ को सहयोगमा उक्त कार्यक्रम नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मुडफुटवाको विद्यालयम सम्पन भएको हो। उक्त कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका वडा नं. ४ का वडासदस्य चनमति भुजले अपाङ्गता भएको नागरिकको हकहितको लागी यो टिमले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

कार्यक्रममा अपाङगता भएका व्यक्तिलाइ आयर्आजनका लागी सहजता ल्याउन ३ जनालाई ५हजार, ३ जनालाई स्केच छडि, ४ जनालाई सेतो छडि, ३ जनालाई वैशाखी र ८ जनालाई शौक्षिक सामग्री प्रदान गरिएको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले जानकारी दिनु भएको छ।

छडि पाएपछि सहभागिले अव हिडडुल गर्न सहज भएको बताएका थिए। यो कार्यक्रमलाई निरन्तरता दिएर छुटेका सबैलाई समेट्न पनि आग्रह गरेका थिए। कार्यक्रममा लुम्बिनी अपाङगता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसीयको अध्यक्षता, वडा नं ४ का वडासदस्य चनमति भुजको प्रमुख आतिथ्यता रहेको थियो। राष्ट्रिय अपाङग महासंघ नेपालका निवर्तमान बरिष्ठ उपाध्यक्ष देबी बहादुर पोखरेलको सहजीकरण, केन्द्रका सचिव शिवानन्द बर्माको स्वागत र सुचिता श्रीवास्तवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu