Connect with us
Kapilvast Forest

झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

२०७८, २६ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं – झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झारफुकमा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ ।

रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक केन्द्रमा अचेत फेला परेकी थिइन् । त्यसलगत्तै उनलाई परिवारले उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो । मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठका अनुसार चिकित्सकले चार घन्टाअघि नै रोशनीको मृत्यु भएको बताएका थिए ।

‘भान्जी बेहोस भएको खबर पाउनासाथ बहिनी (रोशनीकी आमा) सहित परिवारका सदस्य शनिबार माताकहाँ पुगे । बेहोस अवस्थामा भेटिएकी भान्जीलाई उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए,’ धनबहादुरले नयाँ पत्रिकासँग भने ।धनबहादुरका अनुसार मृतक रोशनीको शरीरभरि नीलडाम छ । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम छन् । ‘भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन्,’ उनले भने ।

प्रहरीले पनि बालिकाको ढाड, खुट्टा र पिँडुलामा घाउ भएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने बताए । ‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ,’ उनले भने ।

नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu