Connect with us
Kapilvast Forest

शेयर बजारको कारोबारमा तिव्र उतार चढाब, कारोबार रकममा झिनो सुधार

२०७८, २६ पुष सोमबारमा प्रकाशित

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको दोस्रो दिन आज सोमबार शेयर बजार निक्कै उतार चढावका बीचमा शेयर खरिद विक्री भएको छ । सोमबार बजार खुलेको आधा घण्टाभित्र २८०४.२२ विन्दुमा पुगको बजार कारोबारको एक घण्टा नवित्दै २७६९.८६ विन्दुमा पुगेको थियो । कारोबार समय आधा घण्टा बाँकी छँदा बजार २७५८ मा झरेको थियो । कारोबार समय अन्त्य हुँदा बजार १९.४३ विन्दुले बढेर २७८४.९५ विन्दुमा पुगेर रोकिएको छ ।

सोमबार कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो । भने सोमबार ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २२ करोड ७४ लाख बराबरको करोबार भएको छ । भने मध्येभोटेकोशीको शेयर १० प्रतिशतले वृद्धि भएर कारोबार भएको छ । त्यस्तै युनियन पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu