Connect with us
Kapilvast Forest

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

२०७८, २६ पुष सोमबारमा प्रकाशित

काठमाडौं -काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै हुनुहुन्थ्यो, तर आज पनि अफिस जानु भएको थियो,’ स्रोतले भन्यो, ‘आजै उहाँको रिपोर्ट पोजेटिभ आएको छ ।’

 

रिजाललाई संक्रमण पुष्टि भएसँगै उनीसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनयता कोरोना संक्रमण दर बढेको छ । संक्रमण बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु पुस २७ गतेदेखि माघ १५ गतेसम्म विदा गर्ने निर्णय गरेको छ । साथै कोरोना खोप लगाएकाहरुलाई मात्रै सार्वजनिक स्थानमा प्रवेश दिन सीसीएमसीले सिफारिस गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu