Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा १३ सय ५७ जना सङ्क्रमित थपिए, दुईकाे मृत्यु 

२०७८, २६ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-पछिल्लो २४ घण्टामा एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ४६५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म सात हजार ८५५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १० हजार ५९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu