Connect with us
Kapilvast Forest

शिवराजमा सुन्दर टोल विकास संस्था चन्द्रौटा गठन

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

पिलवस्तु- कपिलवस्तुको शिवराज ५ स्थित सुन्दरपुर, भुड्ढिहवा र प्युठानी टोल समेटेर सुन्दर टोल विकास संस्था गठन गरिएको छ । तीन टोलका बासिन्दाहरूको बृहत् भेलाले तुल बहादुर सुनार अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा शोभावती कुर्मी, सचिवमा मणिराम अधिकारी, काेषाध्यक्षमा राजकुमार थारु, सहसचिवमा शोभा पाेख्रेल रहनु भएको छ । यस्तै भेलाबाट सुन्दरपुर टोलबाट हिरादेवी अर्याल, कमल नेपाली, सुन्दर चाैधरी, भुड्ढिहवा टोलबाट साेफिया मुसलमान खान, शिवपुजन केवट र प्युठानी टोलबाट दीपा बिष्ट सर्वसम्मत सदस्य पदमा चयन भएका छन् ।

टोल विकास संस्थाले टोलको विकास निर्माणका लागि सबैसँग समन्वय र सहकार्य गर्दै टोलका हरेक गतिविधिमा निगरानी बढाइ नमुना टोल बनाउन हातेमालो गर्ने नवगठित टोल संस्थाका अध्यक्ष तुल बहादुर सुनारले प्रतिबद्धता जाहेर गर्नुभयो । भेलामा वडाध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा सदस्य जैस मोहम्मद खानसहित स्थानीय बुद्धिजिवी, समाजसेवीहरूले नवगठित टोल विकास संस्थालाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण समाजसेवी एवं होटल तथा रेष्टुरेन्ट कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले गर्नुभएको थियो । भेलामा तीन टोलका ८२ जनाको उपस्थिति थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu