Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तुको प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनोट स्थगित

२०७८, २८ पुष बुधबारमा प्रकाशित

 

कपिलवस्तु-कोभिड १९ का कारण नेकपा (एमाले) लुम्बिनी प्रदेशको पौष २८ गतेका लागि तोकिएको प्रतिनिधी छनोट कार्य स्थगित भएको एमाले कपिलवस्तुले जनाएको छ । प्रदेशका लागि तोकिएको प्रतिनिधी छनोट माघ १७ गते तोकिएकै स्थानमा हुने र माघ २८ र २९ गते तोकिएकै स्थानमा प्रदेश अधिवेशन सम्पन्न हुने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ।कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu