Connect with us
Kapilvast Forest

प्रेस चौतारी कपिलवस्तुको अधिबेशन भोली, को बन्ला अध्यक्ष ?

२०७८, २८ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु-प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाको ७ औं जिल्ला अधिवेशन विहिबार हुदै छ । भोलि हुने अधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरुको सक्रियता बढेको छ । अध्यक्षका लागि ३ जना आकांक्षी दौडधुपमा रहेका छन । चौतारीको अध्यक्ष पदमा जानु पाण्डे, बाबुराम रायमाझी र कुलराज भुसालको उम्मेदवारी रहने देखिएको छ । अहिले ३ जना अध्यक्षका दाबेदार जिल्ला दौडाहामा आफ्नो पक्षमा मत मागिरहेका छन ।

चौतारीको जिल्ला अधिबेशनको चहलपहल संगै अध्यक्षका दाबेदार देखिएका पाण्डे प्रेस चौतारीका जिल्ला उपाध्यक्ष र नेपाल पत्रकार महासंघ कपिलवस्तुको बर्तमान सचिव हुन । वि.स.२०५७ साल देखि पत्रकारीता सुरु गरेका पाण्डे गोरखापत्रमा आबद्ध छन । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पाण्डे अध्यक्षमा बलियो उम्मेदवारका रुपमा देखिएका छन । पाण्डकोे अन्य पत्रकारका सुभेच्छुक संस्थाहरु संग राम्रो सम्बन्धका कारणले पनि उनको दाबेदारी बलियो रहेको देखिन्छ ।
अर्का अध्यक्ष पदका दावेदार बाबुराम रायमाझिले वि.स. २०६० सालदेखि पत्रकारीता गर्दै आइरहेका छन । रायमाझि रुपन्देहिबाट प्रकाशित हुने बुटवल टुडे पत्रिका र मायादेवी मडियामा आबद्ध छन । उनी प्रेस चौतारी जिल्ला सचिव र नेपाल पत्रकार महासंघ कपिलवस्तुको पुर्व कार्य समिति सदस्य समेत हुन । बर्तमान अध्यक्षको निकट रहेका रायमाझि अहिलेको कमिटीमा सबैभन्दा पुरानो र तल्लो तह देखि नै निरन्तर नेतृत्वमा रहेका कारण उनी बलियो उम्मेदवारको रहेको देखिन्छ ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार भुसाल प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन । भुसाल बुद्ध आवाज साप्ताहिक पत्रिकाको सम्पादको रुपमा कार्यरत छन् । जिल्लाको विग मिडिया भनेर आफ्नो परिचय दिने संचार संस्थामा आवद्ध भएकाले पनि भुसाललाई चौतारीको अध्यक्ष पदको दाबेदारका रुपमा हेरिएको छ । उनी पार्टीको जिल्ला प्रचार विभागको सदस्य भई काम समेत गरेका छन ।

प्रेस चौतारीको ७ औं जिल्ला अधिबेशन बिहिबार बिहान ९ बजे शिवराज नगरपालिकामा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिर्सोट हुने जिल्ला अध्यक्ष हरि अधिकारीले जानकारी दिनु भयो । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष अधिकारीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu