Connect with us
Kapilvast Forest

१० किलो चरेससहित एक महिला पक्राउ

२०७८, २९ पुष बिहीबारमा प्रकाशित

वीरगञ्ज-वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् । प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो ।

नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ । उनको ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu