Connect with us
Kapilvast Forest

उद्धार उडान अनियमितता छानबिनका लागि मन्त्री आलेले बनाए समिति

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गर्नु भएको छ ।

 

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नु भएको हो । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहनु भएको छ । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिनु भयो ।

 

कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९ ुचार्टर्ड फ्लाइटु गरेको थियो ,मन्त्रालयका ती अधिकारीले भन्नु भयो त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो ।समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu