Connect with us
Kapilvast Forest

प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने 

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं – प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।त्यसका लागि नेपाली कांग्रेसका नेता स्व। महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए । उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।

असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताए ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताए । शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu