Connect with us
Kapilvast Forest

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

२०७८, २ माघ आईतवारमा प्रकाशित

 

 

काठमाडौँ– अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् ।सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

संघका युवा संयोजक बिक्रम दाहालले शव पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफु आश्चर्यमा परेको बताउनु भयो । निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफु निकै स्तब्ध भएको भट्टले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu