Connect with us
Kapilvast Forest

शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रामिक नदिने पालिका चाडै सच्चिनु पर्छ

२०७८, २ माघ आईतवारमा प्रकाशित

 

कपिलवस्तु -शिक्षक तथा विद्यालयका कर्मचारीलाई न्यूनतम तलव नदिने मेयरलाई तत्काल सच्चिनु पर्ने बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको बैठकमा बक्ताहरुले बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिका प्रति लक्षित गर्दै तत्काल न्यूनतम तलव दिन माग गरिएको छ । ‘ बुद्धभूमि र महाराजगन्ज नगरपालिका समयमा सच्चिएको छ । बाकी पनि तत्काल सच्चिनु पर्छ । नभए नजिक आएको निर्वाचनमा जनताले देखाउने छन्,’ नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय कोषध्यक्ष विष्णु भण्डारीले बताए ।

बालविकास शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयोगिलाई न्यूनतम पारिश्रामीक नदिने नदिएको प्रति शिक्षक संगठनले गम्भिर ध्यानाकर्षण गरेको छ । बुद्धभूमि २ होटेल संगम प्यालेसमा आयोजित विस्तारीत बैठकमा बोल्दै नेकपा एमाले पोलिट व्युरो सदस्य विमला घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको मासिक न्यूनतम १५ हजार तलव स्केल नदिने पालिकाले तत्काल तलव उपलव्ध गराउनु पर्ने बताइन । शिक्षक साना बालबालिकाको भविश्य उज्वल बनाउने मात्र नभई शिक्षाको ज्योती फैलाई समाज विकासको महत्वपुर्ण साधक रहेको घिमिरेले भनिन् ।

बैठकमा एमाले केन्द्रीय सदस्य सिराज अहमल फारुकी, शुशिल श्रीवात्सव, केन्द्रीय लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, निर्वतमान एमाले जिल्ला अध्यक्ष तथा लुम्विनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, टेकराज पौडेलले सम्वोधन गरेका थिए । कार्यक्रममा एमालेबाट कपिलवस्तुबाट केन्द्रमा प्रतिनिधित्व गर्ने र जिल्ला अध्यक्ष डम्मर शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले जिल्ला सदस्य राजेन्द्र सुवेदी, गोकर्ण पोख्रेल, हेमराज सुवेदीको सहभागिता रहेको थियो । बैठकले बाणगंगा नगरपालिकामा शैक्षिक दरवन्दी मिलान पुर्ण रुपमा कार्यान्वयन नभएको हुँदा डेलिकेशन जाने निर्णय गरेको छ । यसै गरी शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा जिल्लाका १० पालिकामा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठक संगठनका सचिव टिकाराम घिमिरेको सञ्चालन र अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu