Connect with us
Kapilvast Forest

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

२०७८, ३ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं-सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो ।

 

अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो । रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पु¥याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानून मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu