Connect with us
Kapilvast Forest

स्रोत नखुलेको नगद सहित पक्राउ

२०७८, ४ माघ मंगलवारमा प्रकाशित

रौतहट- बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu