Connect with us
Kapilvast Forest

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह समातियो

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं-नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ ।नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले बताउनु भयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

‘उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका रहेछन्’ कुँवरले भन्नु भयो , ‘यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए ।’

उनीहरुले जुवा खेलाएवापत कमिसन पाउने गरेको कुँवर बताउँछन् । तीन मुख्य व्यक्तिबाहेक अन्य कामदारका रुपमा प्रयोग भएका थिए भने अन्यले कामदारका रुपमा जुवा खेल्न लिंक शेयर गर्ने गरेको पाइएको कुँवर बताउँछन् ।घटनाबारे थप अनुसन्धान जारी छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu