Connect with us
Kapilvast Forest

धनगढीमा मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

२०७८, ८ माघ शनिबारमा प्रकाशित

धनगढी-धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको बताउनु भयो ।

‘अहिले अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ, अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने छन्,’ उहाँले भन्नु भयो ।

माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरी टोली पुगेको थियो।त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउन सुगरसहित समातिएका थिए।प्रहरी टोलीमा गएका माल र बुढाले एक(एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu