Connect with us
Kapilvast Forest

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

२०७८, १० माघ सोमबारमा प्रकाशित

दाङ – दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका नाइके यमराज परियार पक्राउ परेका छन् ।

परियार आज साेमवार भारतबाट पक्राउ परेका हुन् । परियारलाई भारतबाट आजै घोराही ल्याइने एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । परियार गएकाे पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर भागेका थिए ।

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोली पनि परियारको खोजीमा लागेको थियो । उनी बस्ने ठाउँको यकिन गरेपछि दुई दिन अगाडि दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजाल भारत पुग्नुभएकाे थियाे ।

कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले आज बेलुकी पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu