Connect with us
Kapilvast Forest

विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार

२०७८, १२ माघ बुधबारमा प्रकाशित

काठमाडौं – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको  उल्लेख गरिएको छ ।

यस्तै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ । जसमा पुरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ ।

नेपालमा जम्मा परिवार सङ्ख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu