Connect with us
Kapilvast Forest

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताउनु भएको छ ।कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग बिहीबार सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनु भयो ।

मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिनु भयो ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन्। प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह गर्नु भएको थियो ।

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलित दिनुपर्ने माग गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu