Connect with us
Kapilvast Forest

तेक्वान्दो महासंघ कपिलवस्तुको अध्यक्षमाः रायमाझी

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 कपिलवस्तु-  नेपाल अन्तराष्टिय तेक्वान्दो महासंघ कपिलवस्तुको अध्यक्षमा राकेश सिंह रायमाझी चयन भएका छन । जिल्लाको चन्द्रौटामा सोमवार भएको जिल्ला भेलाले रायमाझीलाई चयन गरेको हो ।

न्याय, सत्यता, विश्वशान्ती, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित जिल्लाको चन्द्रौटामा रायमाझी को अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समीती गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा रमेश मल्ल सचिवमा नवराज पौडेल कोषाध्यक्षमा रन्जित चौधरी लाई चयन गरेको छ । मनिष पोख्रेल, गोपाल मल्ल, सुरेश रायमाझी र पुजन थापा सदस्यमा चयन भएका छन ।

नव निर्वाचीत समितिलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा , कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल , तेक्वान्दो महासंघका केन्द्रिय सदस्य प्रेमवहादुर कामु मगर , महासंघ लुम्विनी प्रदेशका अध्यक्ष विक्रम वाढा मगर , युवा नेता अजय थापा लगाएतकाले सफल कार्यकालको सुभकामना व्यतm गरेका थिए ।

कार्यक्रम तेक्वान्दो महासंघ लुम्विनीका उपाध्यक्ष रितमान कामु मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu