Connect with us
Kapilvast Forest

बाबुराम र रावलबीच जुहारी नक्कली पीएचडीको चर्चा

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- अमेरिकी सहायता परियोजना(एमसीसी) लाई लिएर गरेको टिप्पणीले पूर्वप्रधानमन्त्री एवम् जसपा नेता बाबुराम भट्टराई र एमाले नेता भीम रावलबीच जुहारी चलेको छ ।

 

सोमबार एमसीसीबारे स्मृति पत्र सार्वजनिक गर्दै रावलले बाबुरामले गोप्य एमसीसी सम्झौता गरेको आरोप लगाएपछि बाबुरामले त्यसको जवाफ सामाजिक संजालमा फर्काउनु भएको छ ।

उहाँहरूबीचको जुहारी अहिले व्यक्तिगत तहमा पुगेको छ । बाबुरामले रावललाई नक्कली विद्यावारिधिको पदवीवाला भएको अरोप लगाएपछि रावलले पनि त्यसको जवाफ दिनु भएको छ ।

‘यी कणले पीएचडी गरेको भनेर नाउको अगाडि ‘डा।’ पनि झुण्ड्याउँछन्,’ भट्टराईले ट्वीटरमा लेख्नु भएको छ , ‘विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतरमितिरस्थान खुलाउनुपर्छ । उहाँले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको हो’ भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन कि यी नक्कली पीएचडी हुन्

रावलले पनि यो ट्वीटको जवाफ फर्काउनु भएको छ । उक्त ट्वीटमुनि दिएको जवाफमा रावलले पीएचडी सीमापारी (भारत) को हुने गरेको भन्दै आफ्नो नै भट्टराईकै नक्कली हुन सक्ने लेखेका छन् ।

‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु,’ रावलले भन्नु भएकाने छ त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारी हुने गरेको सधैँ चर्चा हुन्छ, त्रि।वि।वि। बाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu