Connect with us
Kapilvast Forest

जगदीशपुर तालमा २६ औँ सिमसार दिवसको अवसरमा कार्यक्रम

२०७८, १९ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु –लुम्बिनी प्रदेश कै प्रमुख गन्तब्य जगदीशपुर तालमा ‘ दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होल भन्ने नारासहीत २६ औं सिमसार दिवस मनाइएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय र वन डिभिजन कार्यालय कपिलवस्तु गक्षामी मिडिया ग्रपुको सहकार्यमा २६औं बिश्व सिमसार दिवसको अवसरामा‘ जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा नवौं चरा महोत्सव, चरा फोटा प्रर्दशनी गरिएको थियो।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम यादव, प्रजिअ चक्रपाणी पाण्डेय र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादवले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताए। उनले लुम्बिनीसंग जोडर जगदीशपुर तालको गर्नु पर्ने बताए।

‘ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नुपर्छ यसका विकास गर्ने जिम्मा स्थानीय प्रदेश सरकारको हो’ उनले भने। उनले प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि चाहिने बजेटको ब्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए।

स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जनतर्फ उन्मुख गराउनु पर्ने बताए। उनले चराहरुको बासस्थानका रुपमा परिचित जगदीशपुर तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताए। सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालय प्रमुख बिजयराज सुवेदीले बताए। आफूले पनि तालको विकास सरंक्षणका लागि प्रयास गर्ने उनले बताए। उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए।

बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लगायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गर्न पर्ने बताए। कार्यक्रममा तालको प्रचारप्रसार प्रबद्र्धन र संरक्षणमा योगदान दिएको भन्दै २ संचारकर्मी, २ खेलाडी र एक संस्थालाई सम्मानित गरिएको थियो।

संचारकर्मी डिलाराम भुसाल र मनोज कुमार श्रीवास्तव, खोलाडीहरु तुल्सीराम थारु र सुदीप थारु तथा जगदीशपुर होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको थियो । मंचका अध्यक्ष ललित गुरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले शुभकामना मन्तब्य दिएका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu