Connect with us
Kapilvast Forest

युट्यूबर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर सञ्चालकविरुद्ध मुद्धा दर्ता

२०७८, २० माघ बिहीबारमा प्रकाशित

काठमाडौं – मंगलबार ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालीको कार्यालय सामाखुसीमा युट्यूबर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर व्यवसायी विरुद्ध मुद्धा दायर भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा अभियन्ता ज्ञानेन्द्र शाही लगायतको टोलीले पुगेर मुद्धा दर्ता गराएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्धा दर्ता भएको पुष्टि गर्यो ।

परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले नेपाल प्रेससँग भने, ‘पीडितको पक्षबाट तीन–चार जनाको नाममा किटानी जाहेरी मुद्धा दर्ता भएको छ । अनुसन्धानको काम भोली बिहीबारबाटै सुरु हुन्छ ।’

कसको–कसको नाममा मुद्दा दर्ता भएको छ भन्नेबारे भोलि मात्र थाहा हुने उनले बताए । अभियन्ता ज्ञानेन्द्र शाहीले फेसबुकमा ट्रिपल स्टार कम्पनीका गुण्डालाई ज्यान मार्नेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुको समस्यालाई लिएर म्यानपावर कम्पनीमा पुगेका युट्यूबर र अभियन्ताको समूहमाथि हिजो कुटपिट भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu