Connect with us
Kapilvast Forest

वडा अध्यक्ष बर्माले वितरण गरे किसानलाई कृषि औजार

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुकाे शिवराजनगरपालिकाकाे ११ नं. वडा कार्यालय थुन्हियाले वडाभित्रका किसानलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरेकाे छ ।

वडा अध्यक्ष रामेश्वर बर्माले ३१ जनालाई स्प्रे ट्यांकी, ३५ जनालाई चरा मेसिन, ७० जनालाई ह्यान्ड पम्प वितरण गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि शाखाका प्रमुख तारा चन्द चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेकाे बताउनुभयो । उहाँको अत्याधुनिक कृषि औजार तथा उपकरण बिना किसानले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने भनाई थियो ।

आगामी दिनहरूमा कृषि प्रविधियुक्त उपकरण विशेष प्राथमिकतामा राखेर वितरण गर्दै जानुपर्नेमा शाखा प्रमुख चौधरीले जोड दिनुभयो । उहाँले पनि कृषकहरूलाई कृषिजन्य सामग्रीलाई सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सुझावसमेत दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामजसेवी प्रेम बहादुर रायमाझी, सुरेन्द्र जयसवाल लगायतले अधिकांश किसान कृषि पेशामा निर्भर रहेकाले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गरि लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu