Connect with us
Kapilvast Forest

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

२०७८, २२ माघ शनिबारमा प्रकाशित

प्यूठान — प्यूठानमा जिप दुर्घटना हुँदा मृत्यु हुने मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

घटनास्थलमै ६ जना र उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनकारी दिएको छ । मृतक मध्ये ७ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बसन्ती खड्का (३९), केशरी खड्का (२९), बलबहादुर बुढा मगर (५०), खिम खत्री (३२), नन्दि खड्का (५०), बसन्त खड्का, (३९) र एलिना खड्का (१३) रहेका छन्। थप एक जना मृतकको सनाखत हुन सकेको छैन।

जीपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा रिमा जिसि, नरेश खड्का, दलबहादुर खड्का, हरि बुढामगर र सावित्रा जिसी रहेका छन्। बेहुला बेहुली दुबैजना घाइते भएका छन्।

नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu