Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निशुल्क आँखा शिविर सम्पन्न, ३ सय जनाको आँखा चेकजाँच

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी –
कपिलवस्तुमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं ४ बरगदवामा निशुल्क आख्ााँ शिविर तथा मोतिया बिन्दुको अपरेशन सम्पन्न भएको छ ।

नसीम अहमद खाँ (सब्बु) को व्यवस्थापन र बुटवल लायन्स आँँखा अस्पतालको प्राविधिक सहयोगमा बरगदवा स्थीत मदरसामा १ दिने आँँखा शिविर मोतियाबिन्दुको अपरेशन सम्पन्न भएको हो ।

उक्त शिविरमा ३ सय भन्दा बढी नागरिकले आख्ााँ चेकजाँच गराई सेवा लिएका थिए । ५० जनालाई मोतियाविन्दुको अपरेशनका लागि बुटवल रिफर गरिएको नसीम अहमद खाँ (सब्बु)ले जानकारी दिनुभयो ।

समाजमा अझै पनि आँखाका रोगीहरु रहेकोले उनीहरुको आखाँको निशुल्क रुपमा अपरेशन गरिने बुटवल लायन्स आँँखा अस्पतालका वरिष्ट नेत्र सहायक मनोहर न्यौपानेले बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुका जिल्ला सदस्य समेत रहेका नसीम अहमद खाँ (सब्बु) ले नागरिकलाई घरमै स्वाथ्य सेवा प्रवाह गर्ने उदेश्यले शिविरको आयोजना गरेको बताउनु भयो । गाउ मै शिविर भएपछि स्थानियहरु खुसी भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu