Connect with us
Kapilvast Forest

प्रदेश–१ मा २ कार्यालय खारेज, ८ वटाको समायोजन

२०७८, २६ माघ बुधबारमा प्रकाशित

विराटनगर-प्रदेश १ सरकारले दुई वटा कार्यालय खारेज गरेको छ र आठ वटा कार्यालयलाई समायोजन गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोशी रिफ्रेसमेन्ट सेन्टर र प्रादेशिक विशेष सडक आयोजना कार्यालय खारेज गरेको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिनु भयो ती कार्यालयले सञ्चालन गर्ने परियोजना अब सम्बन्धित मन्त्रालय मातहत रहनेछन् ।

 

प्रशासनिक खर्च कटौती गर्नका लागि दुई वटा कार्यालय खारेज गरेको बताउँदै उनले समान उद्देश्य भएका आठवटा कार्यालय समायोजन गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयमा समायोजन गरिएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटालाई स्वास्थ्य निर्देशनालय धनकुटामा समायोजन गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu