Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ४६ योजना थप

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल– लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार योजना तथा विकास मन्त्रालयबाट कपिलवस्तुमा ४६ योजना थप परेको छ ।

भौतिक पुर्वाधार योजना तथा विकास मन्त्री सहसराम यादवको गृह जिल्ला कपिलवस्तुमा ४६ विकासका योजनाहरु परेका छन ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं ३ मा समेत ९ वटा योजना परेको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।

यसभन्दा पहिले एमाले सरकार हुदा विकास योजना समाबेश नगरेकोले जसपा सरकारमा गएपछि योजनाहरु समाबेश गरिएको प्रदेश अध्यक्ष यादवले बताउनु भयो ।

नागरिकले माग गरे अनुसार विकासका योजनाहरु थप गरिएको जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो ।

जिल्लाको शिवराज नगरपालिका ५ खैरी देखि हल्लानगर जाने सडकसम्म स्तरोन्नति, शिवराज ४ चनई पिपरा हुँदै गडगौडासम्म सडक मर्मत, शिवराज ५ पुर्व रहटकोलको सडक स्तरोन्नति परेको प्रदेश सदस्य रहिश शहले बताउनु भयो ।

त्यस्तै विजयनगर गाउपालिका पथरदेइया गाउदेखि दक्षिण आमौली, पर्शोहिया गाँउको विचदेखी आरटियो सडकसम्म बाटो मर्मत तथा कर्लभट निर्माण, महाराजगन्ज नगरपालिका ५ पन्डितडिहवा देखि लोहरौला गाउँमा सडक स्तरौन्न्ती, कृष्णनगर नपा जाने पिच रोडदेखी डेरवा, डगरमरवा हुँदै हुलाकी रोड सम्मको स्तरोन्नति, शिवनगर लिन्कं रोड देखि छिटौनी गाउँसम्म सडक स्तरोन्नतिका योजना समाबेश गरिएको लुम्बिनी योजना आयोगका सदस्य शिवपुजन यादवले बताउनु भयो ।

पन्डित डिहवा र लोहारौला विचमा कल्भट निर्माणका योजना समाबेश गरिएको योजना आयोग सदस्य यादवले जानकारी दिनुभयो ।

जसपाले विकासका योजनाहरु थप गरेकोले आगामी चुनावमा समेत बालियो दाबेदारको रुपमा देखिने अंकलन गर्न सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu